काठमाडौं । पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चिसो बढेको छ । तापक्रम घटेसँगै जनजीवन प्रभावित बनेको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियससम्म झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेल्सियस मापन गरिएको तापक्रम बिहान पौने ९ बज्दा २.३ डिग्रीमा झरेको हो । यो तापक्रम मंगलबारको सोही समयको तुलनामा कम हो । मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको थियो ।
आज बिहान पौने ९ बजे काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन गरिएको छ । देशभर हेर्दा सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस पुगेको छ । यस्तै, जनकपुर र चन्द्रगढीमा सबैभन्दा बढी ९ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको छ ।
यसैबीच, तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच