सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बजारस्थित चेकपोष्टमा चेकजाँचका क्रममा स्रोत नखुलेको अमेरिकी डलर फेला परेको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार गएराति करिब ११ बजे काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमो सवारी साधन चेकजाँच गर्ने क्रममा सवारीमा सवार एक व्यक्तिसँग ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेको हो ।
चेकजाँचका क्रममा झापा मेचीनगर नगरपालिका-३ का ३४ वर्षीय युवराज नेवारले बोकेको कालो झोलाभित्र ५७ हजार (अमेरिकी डलर १०० दरका ५७० थान) तथा नेपाली रुपैयाँ १२ हजार फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको रकमको स्रोत खुल्न नसकेपछि नेवारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच