काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि दायर गरिएका मुद्दा फिर्ता लिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिनुभएको छ ।
लामिछानेले सहकारी ठगी प्रकरणसँग जोडेर लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी आरोप राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको दाबी गरेका छन् । ती मुद्दा फिर्ता लिन आग्रह गर्दै उहाँले पूरक निवेदन पेश गरेको स्रोतले जनाएको छ ।
उहाँमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन छन् । साथै सोही प्रकरणसँग जोडेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा पनि मुद्दा चलाइएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा केही समयअघि प्रहरी हिरासतमा रहेका लामिछाने धरौटी बुझाएर रिहा हुनु भएको थियो ।
धरौटी तथा बैंक जमानतमा रिहा भएपछि पनि राजनीतिक पूर्वाग्रहका कारण आफूलाई थप आरोपमा फसाउने प्रयास गरिएको उहाँको निवेदनमा उल्लेख छ । सहकारी ठगीको आरोप मात्रै हुँदा बढी कैद सजाय मागदाबी गर्न नसकिने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप थप गरी १० वर्षभन्दा बढी कैद सजाय माग्ने उद्देश्य राखिएको उहाँको जिकिर छ ।
१० वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा थुनामा पठाउने आधार बलियो हुने भएकाले आफूमाथि अधिकतम राजनीतिक दबाब प्रयोग गरिएको लामिछानेको जिकिर छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच