ललितपुर । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि निष्कासन गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै निर्णय गरेको हो। केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसबारे जानकारी दिनुभयो।
महामन्त्री थापा, शर्मा र सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन आह्वान गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ।
बैठकपछि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका र सबै निर्णयहरू पारित भएको जानकारी दिनुभयो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच