काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलंकामा संयुक्तरूपमा सञ्चालन हुने आइसिसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्नासाथ श्रीलंका र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले श्रीलंकामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग अभ्यास खेल खेल्नेछ ।
नेपाली टोली हाल रूपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलंका र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बई जानेछ । नेपाली टोली अर्को साता श्रीलंका जाने क्यानले जनाएको छ । करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फर्किने क्यानले जनाएको छ ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहनुभएको छ ।
यो वर्षको टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्दैछन् । प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म यी दुई देशमा हुने तालिका छ । प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश र इटाली छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच