काठमाडौं । घरेलु फुटबलमा अनुभवी तथा चर्चित खेलाडीहरूको बाहुल्य रहेको कुपण्डोलस्थित फ्रेण्ड्स क्लबले एन्फा राष्ट्रिय लिगमा प्रभावशाली सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमै फ्रेण्ड्सले सुर्खेतको काँक्रेबिहार क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सानदार पुनरागमन जित निकालेको हो ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा फ्रेण्ड्स सुरुवाती दबाबमा परे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्न सफल भयो । खेलको छैटौँ मिनेटमै फ्रेण्ड्सका राइट ब्याक कमल श्रेष्ठको आत्मघाती गोलबाट काँक्रेबिहारले अप्रत्याशित अग्रता लिएको थियो। सुरुवाती गोलपछि काँक्रेबिहारले केही समय रक्षात्मक रणनीति अपनाएको देखियो । यद्यपि, बल पोसेसनमा प्रभुत्व जमाएको फ्रेण्ड्सले लगातार आक्रमण गरे पनि पहिलो हाफको अधिकांश समय गोल गर्न संघर्ष गर्नुपर्यो ।
पहिलो हाफको इन्जुरी समयमा फ्रेण्ड्सका सेन्ट्रल मिडफिल्डर प्रशान्त लक्समले महत्वपूर्ण गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । उक्त गोलले फ्रेण्ड्सलाई दोस्रो हाफका लागि थप आत्मविश्वास प्रदान गर्यो । दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको फ्रेण्ड्सले ५९औँ मिनेटमा फरवार्ड प्रवेश बस्नेतको गोलमार्फत् २–१ को अग्रता लियो । त्यसपछि खेल पूर्णरूपमा फ्रेण्ड्सको नियन्त्रणमा रह्यो । निर्धारित समयको अन्तिम मिनेटमा अर्का फरवार्ड आशिष चापागाईंले गोल गर्दै जित सुनिश्चित गर्नुभयो ।
काँक्रेबिहारले सुरुवाती अग्रता लिए पनि खेलको उत्तराद्र्धमा निरन्तर दबाब झेल्न नसक्दा हार बेहोर्न बाध्य भयो । यस जितसँगै फ्रेण्ड्स क्लबले एन्फा राष्ट्रिय लिगमा तीन महत्वपूर्ण अंक जोड्दै प्रतियोगिताको सुरुवात उत्साहजनक बनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच