काठमाडौं । एक्सन-ड्रामा जनरामा निर्माण भएको नेपाली चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न भएको छ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन ४५ दिनमा पूरा गरिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको जनाइएको छ ।
जीवन सिंहको निर्देशनमा बनेको यो चलचित्र क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण गरिएको हो । ‘हन्टर’मार्फत निर्देशक सिंहले चलचित्र निर्देशनमा डेब्यु गर्नुभएको छ । निर्देशक सिंहका अनुसार चलचित्र वास्तविक पात्रको कथाबाट प्रेरित भएर निर्माण गरिएको हो ।
चलचित्रमा अरुण क्षेत्री, प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीलगायत कलाकरको अभिनय छ ।
कृष्ण थापा चलचित्रका छायांकन निर्देशक (डिओपी) हुनुहुन्छ भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नुभएको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत समावेश छ । चलचित्रमा ममता सिंह, गोविन्दराज रोक्का र राज ए.भट्ट निर्माता रहनुभएको छ भने मनीष चन्द सह-निर्माताको रूपमा हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच