काठमाडौं । ‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस ‘चेरैम’ सरादत्त नेपाल आउनुभएको छ । मंगलबार काठमडौं आउनुभएकी उहाँलाई स्वागत गर्न मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा.सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । उहाँसहित मिस ग्लोबका आयोजक फ्याकी बोजो पनि आउनुभएको छ । सरादत्त विजेता बनिसकेपछिको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
डा.उपाध्यायका अनुसार सरादत्तको बसाई पाँच दिनको रहेको छ । उहाँहरू काठमाडौंलगायत वरिपरिका भ्रमण स्थनमा घुमघाम गर्ने तालिका छ । यस्तै उहाँहरूको औपचारिक भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल टुरिज्म बोर्ड र मिलेसम्म प्रधानमन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै, इष्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा पनि विशिष्ठ अतिथिको रूपमा सहभागी हुनुहुनेछ ।
ग्त वर्ष पनि मिस ग्लोबकी विजेता डायना मोरेनो नेपाल आउनुभएको थियो । उहाँ मिस नेसनल नेपालको अडिसनमा जजसमेत बस्नुभएको थियो । मिस नेसनल नेपालको यस वर्षको आवेदन खुलिसकेको छ । खल्तीमार्फत आवेदन भर्न सकिनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच