काठमाडौं । गायिका तथा अभिनेत्री सरिता भारतीले आफ्नो अभिनय रहेको चलचित्र ‘द चेन्ज’बाट बंगलादेशमा सम्पन्न ६औं बुगेरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गर्नुभएको छ । यो सरिताको पहिलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सहभागिता हो ।
चार दिनसम्म चलेको उक्त महोत्सवमा ‘द चेन्ज’ अन्तर्राष्ट्रिय इन्डोर समूहअन्तर्गत चयन भएको थियो । यही चलचित्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ‘अनरेबल मेन्सन अवार्ड’ जित्न सफल भएको हो ।
महोत्सवमा नेपालबाट निर्देशक डब्बु क्षत्री र अभिनेता प्रवण भुसाल पनि सहभागी हुनुभएको थियो । रेड कार्पेट तथा अवार्ड समारोहमा सहभागी हुन सरिता भारती बंगलादेश पुग्नुभएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएकी सरिताका लागि अग्रज फेशन डिजाइनर तथा वाटिका क्रियसन थापागाउँकी अध्यक्ष गोमा अधिकारी धितालले विशेष राष्ट्रिय भाव झल्किने पहिरून तयार गर्नुभएको थियो । सेतो सारीमा इम्ब्रोइडरीमार्फत नेपालको राष्ट्रिय पक्षी डाँफे समावेश गरिएको थियो भने रातो मखमली चोलोमा हिमाल र राष्ट्रिय फूल लालीगुँरास अंकित गरिएको थियो ।
रेड कार्पेटमा सरिता भारती उक्त पहिरूनमा निकै आकर्षक देखिनुभएको थियो । उहाँको पहिरूनको डिजाइन, त्यसमा समेटिएका डाँफे र लालीगुँरासले महोत्सवमा सहभागी दर्शक तथा कलाकारहरूको विशेष ध्यान खिचेको थियो । धेरैले सो पहिरूनको खुलेर प्रशंसा गरेका थिए । फेशन डिजाइनर गोमा अधिकारी धिताल विगत एक दशकदेखि फेशन डिजाइन क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच