काठमाडौं । सिनेमाघरमा आज (बिहीबार)देखि तीन चलचित्र प्रदर्शनमा आएका छन् । माघेसंक्रान्तिको छेको पारेर आजदेखि प्रदशमा आएका चलचित्र हुन् यम शेर्पाको निर्देशन रहेको चलचित्र ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशन रहेको ‘भाइरल गोर्खे’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन रहेको ‘गोबर गणेश’ । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् । माघ महिनासँगै हलमा फिल्मको बाढी आउनेछ, त्यसको सुरुवात आज (बिहीबार)देखि भएको छ ।
सिनेमाघरमा आज (बिहीबार)देखि तीन चलचित्र प्रदर्शनमा आएका छन् । माघेसंक्रान्तिको छेको पारेर आजदेखि प्रदशमा आएका चलचित्र हुन् यम शेर्पाको निर्देशन रहेको चलचित्र ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशन रहेको ‘भाइरल गोर्खे’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन रहेको ‘गोबर गणेश’ । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् । माघ महिनासँगै हलमा फिल्मको बाढी आउनेछ, त्यसको सुरुवात आज (बिहीबार)देखि भएको छ ।
सौगात मल्ल स्टारर चलचित्र ‘भाइरल गोर्खे’मा सामाजिक सञ्जालमा भाइरल हुने रहरू र यसमा समर्पित हुने मोहलाई प्रस्तुत गरिएको छ । यस चलचित्रको मंगलबार काठमाडौंमा प्रिमियर शो गरिएको थियो जहाँ दर्शकको तारिफ बटुल्न सफल भएको थियो ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सौगातसँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको चलचित्रको सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल हुनुहुन्छ ।
यस्तै आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’मा पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्षमा आधारित छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको यस चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बिजिएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपीन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको यस चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ । नेपालमा यो चलचित्रलाई श्रीब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
त्यस्तै आजदेखि प्रदशर्नमा आएको चलचित्र ‘मिरमिरे’मा बाबु र छोरीबीचको भावनात्मक सम्बन्धको कथा पस्तुत गरिएको छ । यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायतको अभिनय छ । चलचित्रले मुख्य रूपमा बाबु–छोरीबीचको सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई केन्द्रमा राखेको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरूा र सुदीप कुँवर सह-निर्माता रहनुभएको छ । त्यस्तै, आरआर फिल्म्सका सञ्चालक एवं फिल्म वितरक रोहित कट्टेल चलचित्रका कार्यकारी निर्माता हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच