लण्डन । झापाली समाज यूकेले नयाँ कार्यसमिति गठन गरेको छ । हालै सम्पन्न समाजको साधारणसभाबाट टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गुरु इजम, लोकनाथ अधिकारी र भूपाल कार्की चयन हुनुभएको छ ।
महासचिवमा देवीप्रसाद गौतम, सचिवमा गौरव कन्दङ्वा, कोषाध्यक्षमा छवि कार्की र सह-कोषाध्यक्षमा कृष्ण फेम्बो निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिम्खडा, एल.एन.घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं चयन हुनुभएको छ ।
साथै पूर्वकाउन्सिलर धन गुरुङ, पूर्वअध्यक्ष अर्कराज तिम्सिना तथा झापाली समाज आईसीसीका संस्थापक उपाध्यक्ष ललित न्यौपानेलाई संरक्षकको जिम्मेवारी दिइएको छ । साधारणसभामा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष अर्कराज तिम्सिनाले गर्नुभएको थियो भने सञ्चालन महासचिव देवीप्रसाद गौतमले गर्नुभएको थियो ।
नवगठित कार्यसमितिले आगामी दुई वर्षभित्र समाजका कार्यक्रम, सदस्यता व्यवस्थापन तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच