काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताउनुभएको छ ।
बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता राणाले यस्तो बताउनुभएको हो । उहाँले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन गरिएको भएपनि संस्थापन पक्षसँग नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरुले लचकता देखाएपनि परिवर्तको उहाँहरुले खारेज गरिदिएको टिप्पणी गर्नुभयो । उहाँले आउँदो निर्वाचनमा सबै वर्गको माग र मुद्दाहरु बोकेर जनतामाझ जानुपर्ने आवश्यकताको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेसले विशेष महाधिवेशन गरेको हो । विशेष महाधिवेशनमा नीति पास गर्ने र नेतृत्व चयन गर्ने दुई वटा कुरा हुन्छ । नीति हामीले पास गर्यौं । तर हामीले उहाँहरुकेो लागि के विकल्प राखेका थियौँ भने नेतृत्व परिवर्तन अहिले गर्ने होइन तर केही किसिमको समझदारी गरेर नयाँ नेतृत्वलाई पनि प्रोत्साहन गर्ने भनेर महामन्त्री विश्वप्रकाश शर्माले नै केही बुँदा पढेर सुनाउनुभयो त्यसमा पनि केही सम्बोधन होस् भन्ने थियो । उहाँहरुले पनि सबैलाई रिजेक्ट पनि गरेको होइन । त्यसैले संथापन पक्षलाई धेरै दोष पनि दिनुभएन । तर जति आवश्यक थियो त्यति उहाँले गर्नुभएन र महाधिवेशन चुनावको प्रक्रियामा गयो । काँग्रेस फुटेको छैन, नेतृत्व परिवर्तन भयो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिने बित्तिकै पार्टी फुट्ने त कुरै आएन ।’
उहाँले विशेष महाधिवेशनले चयन गर्ने नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीमा देखिएका सबै समस्याहरु हल हुने जिकिर पनि गर्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच