नेपाल विविध भाषाभाषी, जातजाति तथा बहुसांस्कृतिक परम्पराले भरिएको एक अनुपम मुलुक हो । यही सांस्कृतिक विविधताका कारण नेपालमा वर्षभरि प्रायः हरेक दिन कुनै न कुनै चाडपर्व, जात्रा वा सांस्कृतिक उत्सव मनाइन्छन् । यी पर्वहरूले नेपाली समाजलाई एकआपसमा जोड्ने, सामाजिक सद्भाव र आपसी सम्मान बढाउने महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
आज माघ १ गते, नेपाली समाजमा विशेष श्रद्धा, उत्साह र उल्लासका साथ मनाइने माघे संक्रान्ति पर्व हो । यो पर्व सूर्य देवको उपासना, ऋतु परिवर्तन तथा नयाँ कृषि चक्रको सुरुवातसँग सम्बन्धित मानिन्छ । माघे संक्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने विश्वास गरिन्छ, जसका कारण यस दिनलाई शुभ र पवित्र मानिन्छ ।
विविध भाषाभाषी भएको हाम्रो जस्तो मुलुकमा हरूदिन कुनै न कुनै चाडपर्व पर्ने गर्दछन् । माघ १ गतेको दिनलाई हामीकहाँ माघे संक्रान्तिको रूपमा मनाउने प्रचलन रहिआएको छ । यस दिनमा कतिपय स्थानहरूमा ठूलो मेला, हाटबजार लाग्ने गर्छ । माघे संक्रान्तिसँग जोडिएका खानेकुरामा घ्यू, चाकु, तिलको लड्डु, तरुल, सेल र फुलौरा आदि पर्दछन् । यस दिनलाई मकर संक्रान्ति तथा माघी आदि नामले पनि चिनिन्छ ।
माघे संक्रान्ति पर्व नेपालका विभिन्न जातजाति र समुदायले आ-आफ्नै परम्परा, नाम र शैली अनुसार मनाउने गर्दछन् । यस पर्वलाई मकर संक्रान्ति, माघी, तिला संक्रान्ति जस्ता विभिन्न नामले चिनिन्छ । थारू समुदायले यसलाई ‘माघी’ पर्वका रूपमा नयाँ वर्षको सुरुवात मानेर धूमधामसँग मनाउँछन् । पहाडी समुदायमा घ्यू, चाकु, तिलको लड्डु, तरुल, खिचडी आदि खाने चलन छ, जसले जाडो मौसममा शरीरलाई ऊर्जा र ताप प्रदान गर्ने विश्वास गरिन्छ ।
यस दिन नदी, ताल वा तीर्थस्थलमा स्नान गरी दान-पुण्य गर्ने, आफन्तजनसँग भेटघाट गर्ने तथा आपसी मेलमिलाप बढाउने परम्परा पनि रहेको छ । माघे संक्रान्तिले प्रकृति, स्वास्थ्य र सामाजिक एकताको सन्देश बोकेको पर्वका रूपमा नेपाली समाजमा विशेषस्थान ओगटेको छ ।
माघे संक्रान्ति केवल एक तिथिमात्र नभएर धार्मिक, सांस्कृतिक र खगोलीय महत्व बोकेको पर्व हो । यसदिन देशका विभिन्न स्थानमा मेला, हाटबजार लाग्ने परम्परा छ । घ्यू, चाकु, तिलको लड्डु, तरुल, सेल, फुलौरालगायत परिकार खाने चलन छ, जसले शरीरलाई जाडो मौसममा ऊर्जावान बनाउने विश्वास गरिन्छ ।
ज्योतिष पण्डित भरतमणि मरासिनिका अनुसार सौर तिथिको हिसाबले आजकै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुन्छ । यही कारण यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । पशुपतिस्थित सूर्यघाट मेलमिलापका अभियान्ता केशवप्रसाद चौलागाईंका अनुसार सूर्य कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक तथा खगोलीय दृष्टिले विशेष महत्व दिइन्छ । यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन क्रमशः लामो र रात छोटो हुँदै जान्छ । तापक्रम बढ्दै जाने र वसन्ततर्फ अग्रसर हुने संकेतका रूपमा यस दिनलाई लिइन्छ ।
माघे संक्रान्तिका अवसरमा देशभरका पवित्र नदी, सागर र त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा-अर्चना गर्ने परम्परा छ । देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईलगायत स्थानमा स्नान, दान, श्राद्ध गर्ने श्रद्धालुको ठूलो भिड लाग्छ ।
यो पर्व विभिन्न समुदायले आ-आफ्नै ढंगले मनाउने गरेका छन् । थारू समुदायका लागि माघे संक्रान्ति सबैभन्दा ठूलो पर्व हो, जसलाई माघीका रूपमा नयाँ वर्षकै रूपमा मनाइन्छ । रंग पत्रकार दिपेशराज थारूका अनुसार माघी छोरीचेलीलाई उपहार दिने, सामाजिक सम्बन्ध सुदृढ गर्ने, नयाँ आर्थिक वर्षको सुरुवात गर्ने, अगुवा चयन गर्ने महत्वपूर्ण अवसर हो । माघीमा खुशीमात्र होइन, दुःख-वेदना पनि गीतमार्फत साटासाट गरिन्छ, जसले सामुदायिक आत्मीयता अझ प्रगाढ बनाउँछ ।
काठमाडौंको टुँडिखेलमा हरूेक वर्ष माघी विशेष कार्यक्रम आयोजना हुने गरेको छ, जहाँ थारू समुदायका परिकार, पहिरून र संस्कृतिलाई नजिकबाट अवलोकन गर्न पाइन्छ । विभिन्न क्षेत्रका थारू समुदायका गहना र पोशाकमा विविधता देखिन्छ ।
मगर समुदायले पनि माघे संक्रान्तिलाई राष्ट्रिय पर्वकै रूपमा धुमधामसँग मनाउने गर्छन् । यस पर्वलाई तीन दिनसम्म चेलीबेटी पूजा र पितृ पूजाका रूपमा मनाउने चलन छ । पूर्व र पश्चिम मगर समुदायले यसलाई फरक–फरक शैलीमा मनाउँछन् । यस्तै यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाडको रूपमा रहेको छ माघे संक्रान्ति ।
थारू समुदायका लागि माघे संक्रान्ति सबैभन्दा ठूलो पर्व हो, जसलाई माघीका रूपमा नयाँ वर्षकै रूपमा मनाइन्छ । मगर समुदायले पनि माघे संक्रान्तिलाई राष्ट्रिय पर्वकै रूपमा धुमधामसँग मनाउने गर्छन् । माघे संक्रान्तिले प्रकृति, स्वास्थ्य र सामाजिक एकताको सन्देश बोकेको पर्वका रूपमा नेपाली समाजमा विशेषस्थान ओगटेको छ । यो पर्व विभिन्न समुदायले आ-आफ्नै ढंगले मनाउने गरेका छन् ।
काठमाडौं उपत्यकामा विशेषगरी नेवार समुदायले यस पर्वलाई ‘घ्यू, चाकु सँल्हु’का रूपमा मनाउँछन् । आजको दिन घर सरसफाइ गरी देवीदेवताका पूजा गर्ने, चाकु र तिलको लड्डु बनाएर खाने र दान दिने चलन छ । सानुकाजी श्रेष्ठका अनुसार यसदिन घरका ज्येष्ठ सदस्यले परिवारका सदस्यको कपालमा तोरीको तेल लगाइदिने परम्परा छ ।
भक्तपुरको टौमढी टोलस्थित तिलमाधव नारायण मन्दिरमा मेला लाग्ने र दीपंकर बुद्धको पूजा हुने गर्दछ । सन्तान नभएका महिलाले यहाँ चढाइएको घ्यू शुद्ध भई सेवन गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
नुवाकोट जिल्लामा माघे संक्रान्ति गोरु जुधाईसँग जोडिएको छ । बेत्रावती र तारुकाको गोरु जुधाई देशभर प्रसिद्ध छ, जहाँ आजको दिन ठूलो संख्यामा दर्शकको भिड लाग्ने गर्दछ । त्यस्तै पूर्व इलामको माइबेनी, झापाको कन्काई नदी, सुनसरीको बराहक्षेत्र, पश्चिम नेपालको रिडी तथा देवघाटमा विशेष मेला लाग्छ । मैथिली समुदायमा यस दिनलाई तिला संक्रान्ति भनिन्छ भने तराईमा खिचडी, तिल र लड्डु बनाएर खाने चलन छ ।
देशको राजनीतिक अवस्था जे जस्तो भए पनि यस्ता चाडपर्वले नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने काम गरेका छन् । हाम्रो भाषा, साहित्य, कला र संस्कृति हाम्रो इतिहास र पहिचानका आधार हुन् । तिनको संरक्षण र निरन्तरता वर्तमान युवा पुस्ताको महत्वपूर्ण दायित्व हो ।
माघे संक्रान्ति जस्ता पर्व केवल पुस्तौंदेखि चलिआएका परम्परामात्र होइनन्, यी नेपाली समाजको आत्मा र राष्ट्रिय पहिचानसँग गहिरूो रूपमा गाँसिएका सांस्कृतिक आधारस्तम्भ हुन् । यस्ता पर्वहरूले जात, भाषा, धर्म र भूगोलका भिन्नताभन्दा माथि उठेर सबै नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने काम गर्छन् । माघे संक्रान्ति अवसरमा गरिने स्नान, दान, पूजा, तथा खानपानका परम्पराले आपसी सद्भाव, सहकार्य र साझा मूल्यहरूलाई बलियो बनाउँछ ।
आजको बदलिँदो सामाजिक-राजनीतिक परिवेशमा राष्ट्रिय एकता अझ सुदृढ हुनु अत्यन्त आवश्यक छ । यही सन्दर्भमा, माघे संक्रान्ति जस्ता चाडपर्वहरू राष्ट्रिय एकताको सेतुका रूपमा महत्वपूर्ण भूमिका खेल्छन् । यस्ता पर्वलाई सबै नेपालीले मिलेर, आपसी सम्मान र सहिष्णुताका साथ मनाउनु भनेको केवल संस्कृति संरक्षण गर्नुमात्र होइन, देशप्रतिको साझा जिम्मेवारी बोध गर्नु पनि हो ।
संस्कृतिमार्फत एकता सुदृढ गर्नु दीर्घकालीन र दिगो उपाय हो । जब हामी आफ्ना चाडपर्वलाई सामूहिक रूपमा आत्मसात् गर्छौं, तब हामीबीचको दूरी घट्छ, आपसी विश्वास बढ्छ र हामी नेपाली भन्ने भावना अझ प्रगाढ बन्छ । त्यसैले, माघे संक्रान्तिलगायत मौलिक पर्वहरूलाई सबै समुदाय, पुस्ता र वर्गले मिलेर उत्साहपूर्वक मनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक गौरवलाई अझ सशक्त बनाउनु आजको समयको अपरिहार्य आवश्यकता हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच