काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैँसँग गर्ने बताउनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने बताउनुभयो ।
कार्कीले नेपालमा भएका विविध सामाजिक तथा राजनीतिक आन्दोलनहरू र ‘जेन-जी’ पुस्ताबाट उठिरहेको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गर्दै दैनिक जीवनको हिस्सा बनाउनु आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आन्तरिक रूपमा व्यक्तिलाई खुसी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने प्रयोगात्मक जीवन पद्धति हो’, उहाँले अगाडि भन्नुभयो, ‘स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ ।
त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ ।’ साथै कार्कीले विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक–राजनीतिक आन्दोलन तथा ‘जेन-जी’ पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रीहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सो अवसरमा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिनुभएको थियो । प्रवचनमा स्वजागरणलाई आन्तरिक चेतना, अनुशासन र जिम्मेवारीसँग जोडिएको जीवन पद्धतिका रूपमा प्रस्तुत गरिएको थियो । स्वजागरणलाई आध्यात्मिक अभ्यासमा सीमित नराखी व्यक्तिलाई आन्तरिक रूपमा शान्त र खुसी बनाउने तथा बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र सचेत नागरिक निर्माणमा उपयोगी जीवन पद्धतिका रूपमा विकास गर्नुपर्ने विषयमा जोड दिइएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच