काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग लामो कुराकानी भएको र दुई देशबीचको सम्बन्ध धेरै राम्रोसँग अघि बढिरहेको बताउनुभएको छ । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पनि बुधवार ट्रम्पसँग लामो, फलदायी र शिष्ट टेलिफोन वार्ता भएको पुष्टि गर्नुभयो ।
ब्लुमबर्गको मंगलवारको रिपोर्टअनुसार ट्रम्प प्रशासनले तेल धनी दक्षिण अमेरिकी राष्ट्रमा आफ्नो दूतावास पुनः खोल्ने सम्भावनाबारे विचार गरिरहेको छ । यसै सन्दर्भमा रोड्रिगेजले बेलायतका लागि भेनेजुएलाका राजदुत फेलिक्स प्लासेन्सियालाई यसै हप्ता वासिङ्टन पठाउने योजना बनाएकी छिन् । सोही दिन भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडोले पनि ह्वाइट हाउस भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
यसअघि शुक्रवार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित पाँचौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । गत जनवरी ३ मा अमेरिकी कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बलपूर्वक नियन्त्रणमा लिइएको केही दिनपछि अमेरिकी कूटनीतिज्ञ र सुरक्षाकर्मीहरूको टोली दूतावास पुनः खोल्ने सम्भावना आकलन गर्न काराकस पुगेको छ ।
यसैबीच अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले गत साता अमेरिकाले भेनेजुएलामा भण्डारण गरिएको तेलको बजारीकरण मात्र नभई देशको तेल उत्पादनको बिक्रीलाई अनिश्चितकालसम्म नियन्त्रण गर्ने बताउनुभएको थियो ।
इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इरानमा भइरहेको हत्याको क्रम रोकिएको जानकारी दिनुभएको छ । ट्रम्पकाअनुसार उनको प्रशासनलाई इरानमा हत्या रोकिएको आधिकारिक जानकारी प्राप्त भएको छ र अब अमेरिकाले त्यहाँको प्रक्रियालाई सुक्ष्म रूपमा अवलोकन गर्नेछ ।
इरानको पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले इरानमा विकसित घटनाक्रमलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच