काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-५ बस्ने ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका-१ का ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौं महानगरपालिका-१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै रु एक लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने भन्दै रु तीन लाख ४० हजार, चेतनारायणले बेलायत पठाउने भन्दै रु १३ लाख ६० हजार, रेशमले अमेरिका पठाउने भन्दै रु नौँ लाख र निलिमाले बेलायत पठाउने भन्दै रु १२ लाख लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच