काठमाडाैं । नेकपा (एमाले) यही माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ ।
पार्टी सचिव महेश बस्नेतले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराउनु भयो । उहाँले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताउनु भयो ।
उहाँले अझैपनि जेन-जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरु फिर्ता गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाउनु भयो । लामिछानेलाई सम्पती शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यही माघ ४ गते हामी खुला सभामार्फत नेकपा (एमाले) चुनावमा होमिएको सन्देश दिँदैछौँ । हामीले चुनावमा भाग लिन्नौँ भनेर कहिले पनि भनेका छैनौँ । अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले प्रहरी र प्रशासनको मनोबल कमजोर छ । न्यायालय र सेनाको मनोबल कमजोर छ । प्रहरीहरु घाइते छन् । लुटिएका हतियार र भागेका कैदीहरु अझै फिर्ता भएका छैनन् । अपराधिक गतिविधिहरु अहिले पनि बढिरेहका छन् । अदालत जल्ने कुरा आफ्नो ठाउँमा छ । न्याय नै जलिरहेको छ । सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ । रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरु मन्त्रीहरुको चाला अहिले पनि सुध्रिएको छैन । सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरुको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठुला दलहरुका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले-काँग्रेसलाई कमजोर बनाउने प्रयत्न हो ।’
उहाँले काँग्रेस-एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरुको चालामाला ठिक नभएको उहाँको जिकिर छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच