काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय तथा पार्टी विवरण अध्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेका छन्।
सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय र पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा जानकारी गराउन आफू पुगिसकेको बताउनुभयो। उहाँका अनुसार सभापति गगन थापासहित अन्य पदाधिकारीहरू पनि आयोग पुग्ने क्रममा रहनुभएकाे छ ।
“केन्द्रीय समिति बैठकले पार्टीका सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन र जानकारी गराउन लागिएको हो,” संग्रौलाले भन्नुभयो, “म आइसकेँ, सभापति र अन्य पदाधिकारीहरू आउँदै हुनुहुन्छ।”
बुधबार सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो।
यता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ। देउवा पक्षले पत्र पठाउनुअघि नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको जनाउँदै जानकारी गराइसकेका थिए।
यससँगै नेपाली कांग्रेसभित्र आधिकारिकता सम्बन्धी विवाद थप चर्किँदै गएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच