भोजपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा सुरु निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप गरिएको छ ।
भौगोलिक विकटतालाई मध्यनजर गर्दै सुरक्षा समितिको बैठकले दरखास्त दिने म्याद दुई दिन थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले हालसम्म सात सय ७७ जनाले निर्वाचन प्रहरीका लागि दरखास्त दिएको बताउनुभयो । प्रनाउ लामाले भौगोलिक बिकटताका कारण माघ ३ गतेसम्मका लागि म्याद थप गरिएको जानकारी दिनुभयो ।
नेपाल प्रहरी तर्फ एक हजार एक जना र सशस्त्र तर्फ ९६ गरी कुल एक हजार ९७ जनामा प्रहरी तर्फ सात सय ३ र शसस्त्र प्रहरी तर्फ ७४ गरी सात साय ७७ जनाको दरखास्त दर्ता भई सकेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादितरूपमा सम्पन्न गराउने उद्धेश्यले सुरक्षा तयारी समेत तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । जिल्लामा ८७ वटा मतदान स्थल, १५९ वटा मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
भोजपुरको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच