काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीका निर्णय औपचारिक रूपमा अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन्।
बिहीबार ललितपुरको कुपण्डोलमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछिका निर्णयहरू आयोगमा अद्यावधिक गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित नवनिर्वाचित नेतृत्व टोली केहीबेरअघि निर्वाचन आयोग पुगेको हो।
नवनियुक्त प्रवक्ता देवराज चालिसेका अनुसार विशेष महाधिवेशनपछि भएका निर्णय अद्यावधिक गराउने, उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्ने तथा समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय बैठकले गरेको हो।
बैठकले यसअघिसम्म कांग्रेस सभापतिका रूपमा शेरबहादुर देउवाले प्रयोग गर्दै आएको हस्ताक्षर हटाई गगन थापाको हस्ताक्षर कायम गराउने निर्णयसमेत गरेको छ।
प्रवक्ता चालिसेले आयोगमा निर्णय पुगेपछि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद यथाशीघ्र टुंगो लाग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच