भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ मा रहेको ऐतिहासिक हिटिधाराको सशस्त्र प्रहरी बल नेपाल नम्वर ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजना अन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा धाराको पुननिर्माणमा सहयोग गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।
वडा कार्यालयबाट बिनियोजित एक लाख ७५ हजार र स्थानीय श्रमदान ३१ हजार छ सय २५ को लागतमा धाराको निर्माण कार्य सकिएको निर्माण समिति सचिव कोपिला राईले बताउनुभयो । धारा निर्माणमा सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराहरुको संरक्षणका लागि वडाले बार्षिकरुपमा बजेट समेत बिनियोजन गर्दै आई रहेको छ ।”
२५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा पुननिर्माण गरिएको धाराको बिहिवार भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा र प्रमुख जिल्ला अधिकारी राजन पौडेलले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । पुराना ऐतिहासिक संरचनाहरुको पुननिर्माण र संरक्षणमा भोजपुर नगरपालिकाले बजेटको समेत ब्यवस्थापन गर्दे आएको उमप्रमुख शेर्पाले बताउनुभयो ।
स्वच्छ खानेपानी नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानीको क्षेत्रमा गरेको कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
१९३६ सालमा स्थानीय पदमलाल कोइरालाले हिटिधारा निर्माण गर्नु भएको थियो भने यसको संरक्षकमा पूर्र्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच