काठमाडौं । वरिष्ठ साहित्यकार पोषण पाण्डेको ९३औँ जन्मजयन्तीका अवसरमा फर्पिङस्थित अवस्थिआर्य तारा स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद तथा पठन सामग्री वितरण गरिएको छ।
साहित्यकार पाण्डेको नाममा स्थापना गरिएको पोषण पाण्डे तीर्थ सदन स्थापना भएको छैठौँ वर्ष पूरा भएको अवसर पारेर उक्त सहयोग प्रदान गरिएको हो । श्रद्धाञ्जलि कार्यक्रमअन्तर्गत आनी छोइङ डोल्माद्वारा सञ्चालित आर्य तारा स्कुलमा आश्रित करिब ७० जना साना बालबालिका तथा किशोरीहरूलाई सामग्री सहयोग गर्दै साहित्यकार पाण्डेलाई स्मरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन तीर्थ सदनकी महासचिव रञ्जु पाण्डे तथा विद्यालयकी शिक्षक आनी नावाङ लामो शेर्पाले गर्नुभएको थियो।
पोषण पाण्डे तीर्थ सदनले साहित्यकार पाण्डेको स्मृतिमा हरेक वर्ष विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
साहित्यकार पोषण पाण्डेको जन्म विसं १९८९ माघ १ गते भएको हो। उहाँले ‘भिनाजुको स्वीटर’, ‘कृष्णदासको भित्तेघडी’, ‘राघेश्यामको साइकल’ लगायत थुप्रै चर्चित कथा तथा कृति रचना गर्नुभएको छ। उहाँको निधन विसं २०४९ वैशाख ७ गते काठमाडौंमा भएको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच