काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ र जेन–जी समूहका नेता मिराज ढुंगानाबीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ।
बिहीबार काठमाडौंमा भएको भेटवार्तापछि दुई पक्षले आगामी दिनमा संयुक्त रूपमा आन्दोलन अघि बढाउने गरी ४ बुँदे सहमति गर्नुभएकाे छ।
सहमतिअनुसार जेन–जी विद्रोहले उठाएका मागहरू पूरा गर्न संयुक्त रूपमा संघर्ष गर्ने, आन्दोलन तथा जनताको चाहनाअनुसार संविधान संशोधन र स्थिर सरकार गठनका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्न दबाब दिने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने विषय समेटिएका छन्।
यस सहमतिसँगै ढुंगाना नेतृत्वको जेन–जी समूह र चन्द नेतृत्वको माओवादीबीच आन्दोलनमा सहकार्य हुने स्पष्ट भएको छ। यद्यपि, चन्द नेतृत्वको माओवादी आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुने तयारीसहित अघि बढिरहेको पनि जनाइएको छ।
राजनीतिक वृत्तमा यो सहमतिलाई आगामी दिनमा हुने आन्दोलन र चुनावी राजनीतिमा प्रभाव पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच