लण्डन । मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । युसुफ एल-नेसिरीले निर्णायक पेनाल्टी गोल र गोलकिपर यासिन बोनो बुनुले दुई पेनाल्टी बचाएपछि बुधबार राती रबाटको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको सेमिफाइनलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै मोरक्को फाइनल प्रवेश गरेको हो । निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
नाइजेरियाका गोलकिपर स्ट्यान्ली न्वाबालीले एक पेनाल्टी रोके पनि सुटआउटमा बोनो प्रभावशाली साबित हुनुभयो । उहाँले सामुएल चुक्वुएजे र ब्रुनो ओन्येमाएचीको प्रहार बचाएपछि एल-नेसिरीलाई विजयी गोल गर्ने अवसर मिल्यो । जितसँगै मोरक्कोले आइतबार यही स्टेडियममा सन् २०२१ को च्याम्पियन सेनेगलसँग उपाधि भिडन्त तय गरेको छ । मोरक्को सन् १९७६ पछि पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ ।
यसैगरी, इजिप्टलाई १-० ले पराजित गर्दै सेनेगेलले पनि अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । टानगियर्समा भएको सेमिफाइनलमा मानेले ७८औँ मिनेटमा एकमात्र गोल गर्नुभयो । खेलमाथि सेनेगलको पूर्ण प्रभुत्व रहेको थियो र यससँगै अब आइतबार हुने उपाधिको भिडन्तमा उसले आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एकको सामना गर्नेछ । सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलले इजिप्टलाई नै हराएको थियो । पछिल्लो समय इजिप्टमाथि सेनेगल हावी रहने गरेको छ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच