धनगढी । लगातार दोस्रो जित निकाल्दै सुदूरपश्चिम बोइज होस्टेल नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले आँगन केक एण्ड बेकरीमाथि तीन रनको रोमाञ्चक जित निकालेको हो । सुदूरपश्चिमले यसअघि सत्यवती एकेडेमीलाई दुई विकेटले पराजित गरेको थियो ।
आँगनको भने यो पहिलो हार हो । पहिलो खेलमा आँगनले आयोजक लिटिल फ्लावर स्पोट्र्सलाई सात विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिमले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याएको आँगनले निर्धारित ११ ओभरमा चार विकेट गुमाउँदै ८० रनमात्र बनाउन सक्यो ।
आँगनका वसन्त भट्टले सर्वाधिक ३३ रन बनाउनुभयो । २५ बल खेल्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो । रमेश भट्टले ३१ रन बनाउँदा अन्यले ब्याट चलाउन सकेनन् ।
सुदूरपश्चिमका निरज ऐर र नागराज सिंहले समान एक विकेट लिनुभयो । त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । बाक्लो हुस्सुका कारण खेल २० बाट ११ ओभरमा झारिएको थियो ।
सुदूरपश्चिमका ओपनर दीपक बोहराले सर्वाधिक १९ रन बनाउनुभयो । १६ बल खेल्नुभएका उहाँले दुई चौका र एक छक्का प्रहार गर्नुभएको थियो । कृश ऐर र नरेन साउदले समान १२ रन बनाउनुभयो ।
आँगनका हेमन्त धामी र विरेन बमले समान दुई विकेट लिनुभएको थियो । किरण चन्द, निरञ्जन गौतम र राहुल भण्डारीले समान एक विकेट लिनुभएको थियो ।
सुदूरपश्चिम प्रदेशको क्रिकेट गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित नवौं संस्करणको एसपिए लिटिल फ्लावर प्राइड लिग टी-२० ओपन क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । लिटिल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा विभिन्न क्लब, कलेज तथा एकेडेमीका गरी १३ टोली सहभागी छन् । प्रतियोगिताका सबै खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा राजपुर स्पोट्र्स क्लब, निस्ट कलेज र टिम बगाइचा छन् भने समूह ‘बी’ मा युथ अफ टिकापुर, मधेस इलाइट र धनगढी रोयल्स रहेका छन् । त्यस्तै, समूह ‘सी’ मा घोडाघोडी क्रिकेट एकेडेमी, एसपिए कलेज र खप्तड इण्डोर छन् भने समूह ‘डी’ मा आँगन केक्स एण्ड डेरी, लिटिल फ्लावर स्पोट्र्स, सत्यवती एकेडेमी र सुदूरपश्चिम ब्वाइज होस्टेल सहभागी छन् । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच