काठमाडौं । मार्वलस र बालदीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजक केएमसी ‘बी’ लाई ५१-३५ ले पराजित गर्दा मार्वलसको जितमा सिनेप शाहीले १६ अंक योगदान गर्नुभयो । अर्नव महर्जनको १३ अंक सहयोगमा बालदीक्षाले सेवा सदनलाई ३८-२८ ले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनलाई ४८-३७ ले पाखा लगायो । गोल्डेनपिकका विजय तामाङले १९ स्कोर गर्नुभयो ।सेमिफाइनलमा गोल्डेनपिकको भेट मार्वलससँग हुनेछ । बालदीक्षाको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ । आज (शुक्रबार) भिएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने सिनियर ब्वाइजको अन्तिम क्वाटरफाइनलको विजेताले बालदीक्षाको सामना गर्नेछ ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले सनसाइनलाई १९-१५, गोल्डेनपिकले मानांक चिल्ड्रेनलाई २२-१६, ग्रिन लन्सले हिमालीलाई १३-८ र इडेन ब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावरलाई ३२-१९ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनफिल्डका किस्मत ढकालले १२, गोल्डेनपिकका सुजल तामाङले आठ, ग्रिन लन्सका विजय मगरले चार र इबिएका प्रसिक श्रेष्ठले १४ स्कोर गर्नुभयो ।
सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड तथा इबिएले गोल्डेनपिकविरुद्ध खेल्नेछन् । सिनियर गल्र्सको सेमिफाइनल समीकरण यसअघि नै पूरा भइसकेको छ । सेमिफाइनल केएमसी र चेल्सी वल्र्ड स्कुल तथा द चाँदबाग स्कुल र डिफेण्डिङ च्याम्पियन रिब्सबीच हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच