काठमाडौं । अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक पहिलो जित निकाल्ने क्रममा नेपाली राष्ट्रिय महिला टिम माल्दिभ्सविरुद्ध पाँच-शुन्यले विजयी बनेको छ । थाइल्यान्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सविरुद्ध सहज जित निकालेको हो ।
हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई गोल गर्नुभयो । यस्तै, विमला चौधरी र मनिषा थापामगरले एक-एक गोल गर्नुभयो । नेपालले एक गोल माल्दिभ्सका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो । पहिलो हाफमा चार गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा एक गोल थपेको हो ।
जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले श्रीलंकासँग दुई-दुई को बराबरी खेलेको थियो । माल्दिभ्सले यसअघि भारतसँग ११-एक को फराकिलो हार बेहोरेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच