काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत दोस्रो दिन भएको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब गोलरहित बराबरी खेलेका छन् । बिहीबार एन्फा कप्लेक्समा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसलाई सदुपयोग गर्ने नसकेपछि खेल बरारीमा रोकिएको हो ।
यस्तै बिहीबार भएको दोस्रो खेलमा लालिगुँरास एसोसिएसन र जावलाखेल युवा क्लबबीच भएको थियो । राज भुसालको निर्णायक गोलसँगै मोफसलको लालिगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा सुखद् सुरुआत गरेको छ । लालिगुराँसको जितमा राजले गरेको गोल नै निर्णायक रह्यो । जितसँगै लालिगुराँसले तीन अंक प्राप्त गरेको छ । खेलको सुरुआती दोस्रो मिनेटमै लछु थापाले हानेको फ्रिकिकलाई राजले गोलमा परिणत गर्दै लालीगुराँसलाई अग्रता दिलाउनुभयो । यही गोल खेलको निर्णायक गोल बन्यो ।
३२औं मिनेटमा जावलाखेलका सुजन गुरुङले प्रहार गरेको फ्रिकिकमा धर्बेन्द्र कुँवरले हेडर गर्दा बल पोस्टको बायाँपट्टिबाट बाहिरिएको थियो । ३७औं मिनेटमा लालीगुराँसका स्कन्दर सिद्दीखोनोवले फाउल खेलेपछि पहेंलो कार्ड पाउनुभयो । सो फाउलबाट प्राप्त अवसरलाई जावलाखेलका दीपेन्द्र विकले सदुपयोग गर्न सक्नुभएन ।
४२औं मिनेटमा जावलाखेलका अनिल रानामगरले गरेको प्रहार पनि लक्ष्यमा चुक्यो । पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका युवराज ढकालले फाउल गरेपछि रेफ्रीले उहाँलाई पहेंलो कार्ड देखाउनुभएको थियो ।
दोस्रो हाफको ५६औं मिनेटमा लालीगुराँसका सचिन गुरुङले गरेको प्रहार पोस्टको दायाँपट्टिबाट बाहिरियो । ७८औं मिनेटमा जावलाखेलका निकोलस ओड्ने ह्यामिल्टनको शक्तिशाली प्रहारलाई लालीगुराँसका गोलकिपर अनिश महतोले उत्कृष्ट बचाउ गर्नुभयो ।
त्यसैगरी दोस्रो हाफको इञ्जुरी समयमा धर्बेन्द्रले गरेको प्रहारलाई पनि गोलकिपर अनिशले दोस्रो पटक उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाउनुभयो ।
एन्फा राष्ट्रिय लिग बुधबारबाट सुरु भएको हो, जारी प्रतियोगितामा कूल १७ टोलीले प्रतिस्पर्धा गरेका छन् । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १३६ खेल हुनेछन् ।
सहभागी क्लबमा नेपाल एपिएफ एफसी, काँक्रेविहार वाईसी, श्रीभगवती, सातदोबाटो युथ, लालिगुराँस एशोसिएसन, मच्छिन्द्र एफसी, चित्लाङ एफसी, त्रिभुवन आर्मी एफसी, प्लानिङ ब्वाइज युनाइटेड, नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, नवजनजागृति, न्यु रोड टिम (एनआरटी), जावलाखेल युथ, संकटा एफसी, चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स रहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच