काठमाडौं । नेपालको सबैभन्दा पुरानो गुरुकुलका रूपमा रहेको तीनधारा संस्कृत छात्रावासका पूर्वसुपरीक्षकहरूलाई सम्मान गरिएको छ । करिब डेढ सय वर्ष पहिले स्थापना भए पनि अनेक आरोह-अवरोह सहँदै गरेको यो छात्रावासलाई विपन्न ब्राह्मणहरूले अध्ययन गर्ने सहारा बनेको थियो । छात्रावास अभिलेख अनुसार अहिलेसम्म छात्रावासमा आवासीय सुपरीक्षक भएर तीसजना प्राध्यापकहरूले सेवा गरिसक्नु भएको छ । पहिलो सुपरीक्षाकका रूपमा पूर्वीय दर्शन र न्यायशासत्रका विख्यात प्राध्यापक पद्मप्रसाद भट्टराई र त्यसपछि विद्ववान प्राध्यापक विद्यानाथ उपाध्यायहरूले समेत यहाँ सेवा गर्नुभएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठअन्तर्गत सञ्चालित यस छात्रावासमा अहिले १०६ जना सबै जात र वर्गका विद्यार्थीहरू अध्ययन गरिरहेको निवर्तमान सुपरीक्षक प्रकाश शर्माले जानकारी दिनुभयो । पहिले बाह्मण वटुकमात्रै रहने भए पनि केही वर्षयता महिलासहित सबैजातका विद्यार्थीहरूले यहाँ बसेर एउटै भान्सामा भोजन गरी अध्ययन गरिरहेका छन् ।
राजधानीमा उपलब्ध रहनुभएका पूर्वसुपरीक्षकहरू प्रा.नीलमणि ढुंगाना, प्रा.रामहरि दाहाल, प्रा.पुरुषोत्तम दाहाल, प्रा.यतिराज भट्टराई, प्रा.अर्जुनबाबु दाहालसहित लामो अवधि सेवा गर्ने कर्मचारीहरू रवि गौतम, पुरुषोत्तम अधिकारी, गणेशराज जोशी, इन्द्रबहादुर थापा, पूर्णमान डंगोल, किरण महर्जन, मनहरि बस्नेत, दलबहादुर सिंजाली, गोकर्ण प्याकु¥याल र रूपा च्यामेलाई समेत पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सम्मान-पत्र प्रदान गर्नुभएको थियो । पूर्वमन्त्री पाण्डेले समेत विगतमा यसै छात्रावासमा बसेर अध्ययन गर्नुभएको थियो ।
मन्त्री पाण्डेले यो छात्रावासको सुधारमा सबैको योगदान हुनसके पूर्वीय दर्शनको एक महत्वपूर्ण यो थलोको योगदान थप हुने विचार प्रकट गर्नुभयो । कार्यक्रममा प्रा.पुरुषोत्तम दाहालले छात्रावासमा पुराना पुस्तक र अभिलेखलाई सुरक्षित गर्दै उपयुक्त पुस्तकालय निर्माण हुनुपर्नेमा जोड्दिनु भएको थियो ।
वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.अच्युनत लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वशिक्षाध्यक्ष प्राडा.लालमणि पाण्डे, प्रा.नीलमणि ढुंगाना, प्रा.रामहरि दाहाल, पूर्वप्राचार्य प्रा.डा भागवत ढकाल, नेसंवि प्राध्यापक संघका पूर्वसभापति प्राडा.शान्तिकृष्ण अधिकारी, प्रा.नवराज कट्टेल, प्रा.अर्जुनबाबु दाहाल, प्रा.मोदनाथ खनाल र कर्मचारीका तर्फबाट पूर्णमान डंगोलसहितले छात्रावास सुधारका विषयमा आ–आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच