काठमाडौं । हिटा सहकर्मी सरस्वती उप्रेतीलाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता कृष्णमाया उप्रेतीको ६६ वर्षको उमेरमा आइतबार निधन भएको हो । केही समययता अस्वस्थ रहनुभएकी उहाँको मनहरि गाउँपालिका-७ मकवानपुर स्थित निवासमा निधनमा भएको हो ।
स्वर्गीय उप्रेतीका ज्येष्ठ पुत्र आत्माराम उप्रेती, छोरा सुदर्शन, सालिकराम र गोविन्द उप्रेती तथा छोरी सरस्वती उप्रेती हुनुहुन्छ । उप्रेतीका बुबाको भने यसअघि नै निधन भइसकेको छ ।
हिमालय टाइम्स दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै मातृवियोगमा शोकाकुल सरस्वती उप्रेतीसहित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच