काठमाडौं । वरिष्ठ साहित्यकार पोषण पाण्डेको ९३औँ जन्मजयन्तीको अवसरमा फर्पिङस्थित आर्य तारा स्कुलमा विद्यार्थीहरूलाई खेलकुद तथा पठन सामग्री प्रदान गरिएको छ । उक्त सहयोग साहित्यकार पोषण पाण्डेको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनको छैठौं वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
कार्यक्रममा फर्पिङस्थित आनी छोइङ डोल्माद्वारा सञ्चालित आर्य तारा स्कुलका करिब ७० जना साना नानी र किशोरीहरू सहभागी थिए । कार्यक्रममा उनीहरूलाई खेलकुद सामग्री र पुस्तक प्रदान गरी वरिष्ठ साहित्यकार पोषण पाण्डेको सम्झना गरिएको थियो । कार्यक्रम सदनका महासचिव रन्जु पाण्डे र विद्यालयकी शिक्षक आनी नावाङ लामो शेर्पाले सन्चालन गर्नुभएको थियो ।
पोषण पाण्डे तीर्थ सदनले हरेक वर्ष सामाजिक सेवा र योगदानमार्फत साहित्यकार पोषण पाण्डेको सम्झना गर्दै आएको छ । साहित्यकार पोषण पाण्डेको जन्म वि.सं. १९८९ माघ १ गते भएको थियो । उहाँले ‘भिनाजुको स्वीटर’, ‘कृष्णदासको भित्तेघडी’, ‘राघेश्यामको साइकल’ लगायतका कथा कृति लेख्नुभएको थियो । उहाँको निधन वि.सं. २०४९ वैशाख ७ गते काठमाडौंमा भएको थियो । यस कार्यक्रममार्फत पोषण पाण्डेको साहित्यिक योगदान र सामाजिक चेतना विद्यार्थीहरू माझ जीवित राख्ने प्रयास गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच