काठमाडौं । रमिता भण्डारीको नयाँ गीत ‘तिमी निष्ठुरी भयौ’ सार्वजनिक भएको छ । रमिताको स्वर, शब्द तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो रमिता भण्डारीकै निर्माण संस्था ‘रशलाइट मिडिया’को ब्यानरमा निर्माण गरिएको हो । विशेष पौड्यालको निर्देशन गरेको गीतको भिडियोमा रमिता भण्डारी र उमेश खड्गीको अभिनय छ ।
निरज पुडाशैनीको छायांकन रहेको भिडियोमा विशेष पौड्यालकै सम्पादन र कलर छ । गीतको भिडियो रमिताकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच