काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’को अर्को गीत सार्वजनिक गरिएको छ । बिहीबार माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरेको हो । परदेशिनुपर्ने बाध्यता र त्यससँग जोडिएको भावनालाई गीतले सशक्त रूपमा प्रस्तुत गरेको छ । गीतको भिडियोमा अभिनेता पल शाह र विपना थापासहित प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय देख्न सकिन्छ । गीतमा किरण परियारको स्वर रहेको छ भने शब्द तथा संगीत अभि सुनारको छ भने एरेञ्ज विशाल निरौलाले गर्नुभएको हो ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका छ । यतिबेला चलचित्रको प्रचारप्रसारमा अभिनेता पल शाह र विपना थापासहित सम्पूर्ण निर्माण टिम सक्रिय देखिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस चलचित्रको कथा तथा पटकथा पनि निर्देशक पन्तले नै लेख्नुभएको हो । चलचित्रमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत भने गायनमा रवि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतका भिडियोमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाले गर्नुभएको छ ।
चलचित्रको छायांकन नवराज उप्रेतीले गर्नुभएको हो । संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य छ । चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहनुभएको छ । सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गर्नुभएको छ ।
यसअघि सार्वजनिक गरिएको गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ चर्चामो छ । दर्शकको उच्च रुचिपछि उक्त गीतलाई नेवारी भर्सनमा पनि रिलिज गरिएको छ । नेवारी भर्सनको अनुवाद वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गर्नुभएको हो भने गायन यमन श्रेष्ठले गर्नुभएको छ । यस चलचित्रको नेपालभित्रको वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच