काठमाडौं । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि २०८२’ लागू गरेको छ । नयाँ कार्यविधिले फिल्मको सेन्सर प्रक्रियामा काँटछाँटभन्दा पनि वर्गीकरणमा जोड दिने व्यवस्था गरेको छ ।
सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठका अनुसार, अब सेन्सरले फिल्मको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका र किशोर-किशोरीको मनोस्वास्थ्यमा पर्ने प्रभावको आधारमा दर्शकको उमेर समूह लक्षित गरी चलचित्र वर्गीकरण गर्नेछ । कार्यविधि बुँदा नम्बर ५ मा वर्गीकरणको प्रक्रिया स्पष्ट गरिएको छ ।
श्रेणीकरणमा चलचित्रमा प्रयोग भएका हिंसा, यौन, नग्नता, लागूपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिमलाई ध्यानमा राखेर चलचित्र हेर्न उपयुक्त दर्शक समूह निर्धारण गरिनेछ । वर्गीकरण अनुसार चलचित्रलाई सार्वजनिक प्रदर्शनको लागि प्रमाणपत्र जारी गरिनेछ ।
यसै कार्यविधिसँगै पुसदेखि लागू भएको पुरानो ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौं बुँदा हटाइएको छ, जसमा महोत्सवमा प्रदर्शन गर्नका लागि समितिबाट जाँच पास भएको फिल्ममात्र अनुमति पाउने व्यवस्था थियो । केही बुँदा विवादमा परेपछि नयाँ कार्यविधि ल्याएर फिल्म जाँच र वर्गीकरणलाई व्यवस्थित बनाइएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच