सप्तरी । भगवती मानव कल्याण संगठनले सप्तरीको विभिन्न पालिकाहरूमा विपन्न लक्षित न्यानो कपडा वितरण गरेको छ । सप्तकोसी नगरपालिका, तिरहुत गाउँपालिका, हनुमान नगर कंकालिनी नगरपालिका, कञ्चनरूप नगरपालिका लगायतका पालिकाका विभिन्न वडामा संगठनले न्यानो कपडा वितरण गरेको हो ।
संगठनले न्यानो कपडा वितरण गर्ने क्रममा ‘जेन-जी’ समूहसँग सहकार्य गरेको थियो । संगठनले गाउँ गाउँ गएर अपांग, असहाय, वृद्ध, बालबालिका, अति विपन्न आदीको तथ्यांक संकलन गरेको थियो । सप्तकोशी नदी आसपासका पालिकाहरूमा शीतलहरले पारेको अत्यधिक प्रभावलाई दृष्टिगत गर्दै न्यानो कपडा वितरण गरिएको संगठनकी टिम प्रमुख कमला ओलीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जेन-जीका अगुवा सुयोग ढुंगानाले यस्ता सामाजिक कार्यले लक्षित वर्गमा खुसी र राहत प्रदान गर्ने बताउनुभयो । संगठनले केही अति प्रभावित विद्यालय श्री राष्ट्रिय आधारभूत विद्यालय कोरियानी हनुमाननगरका सबै विद्यार्थीलाई कपडा, कापी, पेन्सिल र श्री जनकल्याण राष्ट्रिय प्राथमिक विद्यालय धनपुरीका उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई कपडा वितरण गरेको थियो । विद्यालयहरूले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
संगठनका पदाधिकारीहरूले भने कपडा प्राप्त गरेपछि सहभागिको हाँसो र खुसी देखेर भविष्यमा कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन प्रेरित गरेको बताएका छन् । अन्य विद्यालयहरूमा अध्ययनरत छनोट गरिएका विपन्न विद्यार्थीहरूलाई भने घर-घर पुगेर कपडा वितरण गरिएको थियो । भगवती मानव कल्याण संगठनले नेपालमा विगत डेढ दशकदेखि एक वृक्ष राष्ट्रको नाममा, नशामुक्त नेपाल-समृद्ध नेपाल, योग-ध्यान-प्रणायाम, युवा जागरण, शक्ति साधना जस्ता विविध कार्यक्रम गर्दै आएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच