काठमाडौं । नागरिक लगानी कोषको ३१औँ साधारणसभाले १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पनि पारित भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषका कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्घन गर्दै लैजाने योजना रहेको बताउनुभयो ।
आगामी दिनमा कोषले बचत संकलन दायरा विस्तार गर्दै जाने उहाँको भनाइ थियो । कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जा विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजाने पनि उहाँले बताउनुभयो ।
साधारणसभामा सेयरधनीका जिज्ञासामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिनुभएको थियो । कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताका कारण कोषको मौज्दात रकम पूर्णरूपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको बताउनुभएको थियो । कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत् आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको पनि कार्कीले जानकारी गराउनुभएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच