काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको १२औँ वार्षिक साधारणसभा बनेपामा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कर प्रयोजनसहित सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
२०७१ सालमा स्थापना भएको नेसनल लघुवित्त वित्तीय संस्था महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई बनेको हो । संस्थाले हाल सातै प्रदेशका ७४ जिल्लामा एक सय ८५ शाखा कार्यालयमार्फत् दुई लाख ५३ हजार विपन्न परिवारमध्ये एक लाख २२ हजार ऋणीलाई करिब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह र करिब छ अर्ब ५० करोड रुपैयाँ बचत परिचालन गर्न सफल भएको जनाएको छ ।
साधारणसभाले सम्बन्धित निकायबाट स्वीकृति लिई आठ लाख ७४ हजार चार सय ४३ कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्कासन गर्ने तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमध्ये संस्थापक समूहको १० प्रतिशत सेयर नियामक निकायको स्वीकृतिपछि सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले ग्राहकको हक-हित संरक्षण र प्रवद्र्धन गर्दै उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि तथा प्रविधिको उच्चतम प्रयोगमार्फत् संस्था थप सुदृढ बनाउँदै लैजाने योजना रहेको बताउनुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच