काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको २९औँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष मर्हजनले चालु आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूबारे जानकारी गराउनुभएको थियो ।
सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाको जवाफ दिँदै उहाँले हाल वित्तीय क्षेत्रमा देखिएका चुनौतीहरूका कारण संस्थाले अपेक्षितरूपले व्यवसाय वृद्धि गर्न नसके पनि अनुपालना, व्यावसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन, जोखिम व्यवस्थापन जस्ता क्षेत्रहरूमा अपेक्षित प्रगति हासिल गरिरहेको बताउनुभयो ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण साथै सम्पूर्ण अनुसूचीहरूसहितको वित्तीय विवरण पारित गरेको छ । उक्त कम्पनीले हाल २३ शाखा कार्यालय तथा चार एक्सटेन्सन काउण्टरमार्फत् नवीनतम प्रविधिहरू उपयोग गरी सेवा प्रवाह गर्दै जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच