काठमाडौं । नेपाल बैंकको ६६औँ वार्षिक साधारणसभा सञ्चालक समिति अध्यक्ष प्राडा. डिल्लीराज शर्माको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्थाअनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदानसमेत गरेको बैंककी प्रवक्ता प्रतिभा डंगोलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच