काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६औँ वार्षिक साधारणसभा कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष सिंहले समीक्षा वर्षमा विभिन्न आर्थिक चुनौतीका बाबजुद कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जानकारी गराउनुभयो ।
सो अवधिमा कम्पनीको कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई सात अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल लगानी ११.०४ प्रतिशतले बढेर ७७ अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको छ । लगानीमा औसत ८.७६ प्रतिशत प्रतिफल प्राप्त भएको कम्पनीले जनाएको छ । सो अवधिमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति र समर्पण मूल्य गरी कुल नौ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीले आफ्नो लगानी विविधीकरण गर्ने क्रममा हिमालयन बैंकको १३.६१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ भने सहायक कम्पनी ‘नेसनल क्यापिटल लिमिटेड’ मार्फत् मर्चेन्ट बैंकिङ सेवासमेत सञ्चालनमा ल्याएको छ । साथै, इटहरीमा आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया अघि बढाइएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ७० लाख २५ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ, जसमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५-२५ लाख रुपैयाँ प्रदान गरिएको जनाएको छ ।
लाभांशतर्फ चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस सेयर वितरण प्रस्ताव साधारणसभाले सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयर जारी भएपछि कम्पनीको कुल चुक्ता पुँजी पाँच अर्ब ६९ करोड १६ लाख ४९ हजार तीन सय २५ रुपैयाँ पुगेको पनि कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच