काठमाडौं । नेकपा (माओवादी) र जेन–जी पुस्ताका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहबीच सर्वपक्षीय सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने सहमति भएको छ।
बिहीबार काठमाडौंको माइतीघरमा भएको भेटघाटपछि दुई पक्षबीच चार बुँदे सहमति भएको जानकारी नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले दिनुभयो।
सहमति पत्रमा हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यसलाई ऐतिहासिक सहमति भएको दाबी गर्नुभयो। उहाँका अनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमति निर्माणका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा जेन–जी विद्रोहका मागहरू पूरा गर्न संयुक्त रूपमा संघर्ष गर्ने विषयमा सहमति भएको हो।
अध्यक्ष चन्दले आन्दोलन गन्तव्यमा नपुग्दासम्म यो निरन्तर आन्दोलनकै विषय बन्ने स्पष्ट पार्नुभयो।
यस सहमतिसँगै वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका शक्तिहरूबीच सहकार्यको नयाँ चरण सुरु भएको विश्लेषण गरिएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच