काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिकमा सरकारको आम्दानी र खर्च दुवै खस्किएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको हो । चालु आर्थिक वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएकोमा पुससम्ममा छ खर्ब ९० अर्ब २१ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५.१४ प्रतिशत हो । सो अवधिमा चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको ४१.२५ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म चार खर्ब ८७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फको खर्च पनि १२.१२ प्रतिशतमा सीमित छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६.१६ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
चालु आर्थिक वर्षका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको पुँजीगत बजेट रहेकोमा हालसम्म ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँमात्रै खर्च हुन सकेको हो ।
चालु आर्थिक वर्षका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको पुँजीगत बजेट रहेकोमा हालसम्म ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँमात्रै खर्च हुन सकेको हो । वित्तीय व्यवस्थातर्फ चालु आर्थिक वर्षका लागि तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख छुट्याइएकोमा पुससम्ममा एक खर्ब ५३ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४०.९५ प्रतिशत हो ।
चालु आर्थिक वर्ष सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ कुल आम्दानी गर्ने लक्ष्य राखेकोमा पुससम्मको आम्दानी पाँच खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ३८.३८ प्रतिशतमात्रै रहेको छ । अर्धवार्षिक अवधिको कुल आम्दानीभन्दा कुल खर्च एक खर्ब एक अर्ब ७० करोड १२ लाख रुपैयाँले बढी देखिएको छ ।
राजस्वतर्फ १४ खर्ब ८० अर्ब असुली लक्ष्य रहेकोमा ३९.०१ प्रतिशत अर्थात् पाँच खर्ब ७७ अर्ब ४० करोडमात्रै असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ लक्ष्यको ३८.९३ प्रतिशत अर्थात् पाँच खर्ब १६ अर्ब ११ करोड ५१ लाख र गैरकर राजस्वतर्फ लक्ष्यको ३९.६९ प्रतिशत अर्थात् ६१ अर्ब २८ करोड ४८ लाख असुली भएको छ । चालु आर्थिक वर्ष ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य रहेकोमा हालसम्म सात अर्ब १० करोड ६९ लाख अर्थात् वार्षिक लक्ष्यको १३.३ प्रतिशतमात्रै प्राप्त भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच