विराटनगर । कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्य थप प्रगाढ बनाउने अभिप्रायसाथ उद्योग संगठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीनदिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सञ्चालन गर्ने भएको छ । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय-व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यसाथ कोशी कनेक्ट व्यावसायिक मिसन सुरु हुँदैछ । मिसनअन्तर्गत संगठनको प्रतिनिधिमण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गरी स्थानीय उद्योग/व्यवसाय, लगानीका अवसर र आपसी सहकार्यका विषयमा अन्तरक्रिया गर्ने संगठनले जनाएको छ ।
औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय-व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यसाथ ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सुरु गरिएको संगठनले जनाएको छ ।
संगठनको प्रतिनिधिमण्डलमा अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनियालगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, वीरेन्द्र राठी, दिपक अग्रवाल, सन्तोष भगत, सिद्धार्थ कावरा, किरण व्यास, पारस गोल्छा, उकेश अग्रवाल, उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, सावित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागरराज ढुंगाना र संगठनका महानिर्देशक चुडामणि भट्टराईको सहभागिता रहेको छ ।
व्यावसायिक मिसनले क्षेत्रीय व्यापार सुदृढ गर्ने, स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्य प्राप्तिमा टेवा पु¥याउने विश्वास लिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो । उहाँले निजी क्षेत्रको अग्रणी संस्था उद्योग संगठन मोरङले अभियानमार्फत् पहाड र तराईलाई साझा विकास यात्रामा अघि बढाई व्यवसाय-व्यवसायबीच सम्बन्ध विस्तार, ज्ञान र विचार आदानप्रदान तथा आर्थिक एजेण्डामा साझा आवाज स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी पर्यटन वर्ष २०८२ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवद्र्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्य थप मजबुत बनाउन पनि मिसनले सहयोग पुर्याउने बताउनुभयो । ‘कोशी कनेक्ट’ व्यावसायिक मिसनले अन्तरजिल्ला व्यापारिक सञ्जाल र साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको प्रवद्र्धन, मेरो देश मेरै उत्पादन अभियानमार्फत् स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, बिटुबी प्लेटफर्ममार्फत् व्यवसायलाई भर्चुअलरूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र आर्थिक एजेण्डामा साझा धारणा निर्माण गर्ने लक्ष्य राखेको संगठनले जनाएको छ ।
संगठनका अनुसार कार्यक्रमअन्तर्गत माघ २ गते त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाट, ३ गते खोटाङ उद्योग वाणिज्य संघ, ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायीका साथ बिटुबी र सहकार्यका विविध आयामबारेमा अन्तरक्रिया हुनेछ । व्यावसायिक मिसनले कोशी प्रदेशका निजी क्षेत्रको साझा विकास र व्यावसायिक साझेदारी अघि बढाउन सहयोग पुग्ने विश्वास संगठनले लिएको छ । विगत केही वर्षयता संगठनले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा उद्यमशीलता प्रवद्र्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ । संगठनले स्टार्टअप उद्यमशीलताका लागि पनि सहजीकरण गर्दै आएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच