काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित गरिएको छ।
सङ्घले बिहीबार एक विज्ञप्ति जारी गर्दै पाटन उच्च अदालतबाट जारी अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो।
प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले निर्वाचन समितिको तर्फबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचनसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरिने बताउनुभएको छ।
यसअघि सङ्घको निर्वाचन काठमाडौँ उपत्यकाबाहिर माघ २ र ३ गते तथा काठमाडौँ उपत्यकाभित्र माघ १५, १६ र १७ गते गर्ने गरी तालिका तय गरिएको थियो।
केही समयअघि डा। अजयकुमार मिश्रले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले हालको अवस्थामा निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन स्थगित गरिएको हो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच