काठमाडौँ। प्रहरीले काठमाडौँमा अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ संखुवासभा मकालु गाउँपालिका–२ का ३२ वर्षीय सुवास चौलागाई रहेका छन्। प्रहरी प्रवक्ता एवं नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो।
काफ्लेका अनुसार, टोखा नगरपालिका–७ बाट करिब तीन ग्राम २०० मिलिग्राम वजनको खैरो हेरोइनसहित चौलागाई पक्राउ परेका हुन्। प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य अगाडि बढाएको छ।
यस घटनाले लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता देखाउने विश्वास व्यक्त गरिएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच