एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले न्यायमा बाधा पुर्याएको र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतले शुक्रबार फैसला सुनाउँदै उहाँमाथि लगाइएका गम्भीर आरोपहरू प्रमाणित भएको जनाएको हो ।
डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागू गर्ने असफल प्रयासपछि युन सुक योललाई पदबाट हटाइएको थियो । अभियोगअनुसार उहाँले मार्शल ल घोषणाका क्रममा संवैधानिक तथा कानुनी प्रक्रिया पालना नगरेको, आधिकारिक कागजातहरूमा जालसाजी गरेको, फोन डाटा मेटाएर प्रमाण नष्ट गरेको र आफ्नो गिरफ्तारी रोक्न सुरक्षाकर्मीहरूको काममा अवरोध पु¥याएको अदालतले ठहर गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच