काठमाडौं । यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ को प्रचार–प्रसारलाई लक्षित गर्दै बाँकेको नेपालगञ्जबाट ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’ आरम्भ भएको छ । होटेल स्टार लाइटको प्रांगणमा आयोजित कन्सर्टमा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति थियो ।
कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पाश्र्व गायक केहर सिं लिम्बू तथा उहाँको ब्याण्ड केहर एण्ड द लुङाका सदस्यहरूले दर्शकलाई सांगीतिक माहोलमा झुमाउनुभएको थियो । गायक केहरले चलचित्र ‘कुमारी’ का चर्चित गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गर्नुका साथै आफ्ना लोकप्रिय सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ समेत गाएर दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
विशेष गरी बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकारद्वय अभिषेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको ठूलो साथ र प्रशंसा बटुल्न सफल भएको थियो । सो अवसरमा निर्देशक दिनेश राउतले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ‘कुमारी’ लाई एक उत्कृष्ट लभ स्टोरी चलचित्र बनाउने प्रयास गरिएको उल्लेख गर्नुभएको थियो ।
नेपालगञ्जबाट सुरु भएको यो सांगीतिक यात्रा देशका अन्य शहरहरूमा पनि पुग्ने निर्माण पक्षले जनाएको छ । तालिकाअनुसार टोली आज (शनिबार माघ ३ गते) पोखरा, माघ ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ । साथै माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिने तयारी गरिएको छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको तथा पिक्चर फ्रेमको सहकार्य रहेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी र कार्यकारी निर्माता केदार भुसाल हुनुहुन्छ । चलचित्रको कथा विकास सुवेदीले लेख्नुभएको हो भने छायांकन सुसन प्रजापतीले गर्नुभएको छ । सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउण्ड डिजाइन उत्तम न्यौपाने र ब्याकग्राउण्ड स्कोर साहस शाक्यको छ ।
चलचित्रका सबै गीतमा केहर सिं लिम्बूको स्वर रहेको छ भने संगीत केहर एण्ड द लुङाका सदस्यहरूको छ । गीतकारका रूपमा सागर लामिछाने मगर र सुमन तामाङ रहनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच