काठमाडौं । जर्जियाको राजधानी तिब्लिसीमा सम्पन्न आठौं संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जित्नुभएको छ । ‘डिसएस स्टार सिजन १६’ की डान्सिङ विधाकी विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहमा विश्वभरका ४० भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व ताज पहिरिन सफल हुनुभएको हो ।
समृद्धि काठमाडौंको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । उहाँले प्रतियोगितामा नेपाली कला र संस्कृतिलाई समेटिएको नृत्य प्रस्तुत गर्दै निर्णायक तथा दर्शकको मन जित्नुभएको थियो ।
उक्त प्रतियोगितामा समृद्धिसँगै सहभागी ‘डिएसए स्टार सिजन १५’ का विजेता प्रनिक थापाले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जित्न सफल हुनुभएको छ । प्रनिक नागार्जुनस्थित काठमाडौं भ्याली स्कुलमा कक्षा ३ मा अध्ययनरत हुनुहुन्छ ।
जनवरी ८ देखि १३ तारिखसम्म चलेको प्रतियोगितामा नेपालबाट परिवर्तन इभेन्ट हाउसले समृद्धि र प्रनिकलाई प्रतिनिधित्व गराएको हो । प्रतियोगिताका क्रममा परिवर्तन इभेन्ट हाउसका निर्देशक राज बराइलीले ‘सर्वोकृष्ट अन्तर्राष्ट्रिय डाइरेक्टर’ अवार्ड प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा नेपाली प्रतियोगीहरूले नृत्य र प्रतिभा प्रस्तुतिसँगै नेपाली कला, संस्कृतिको झल्को दिने प्रस्तुति तथा नेपालको मौलिक खानाको प्रदर्शनीसमेत राखेका थिए, जसले अन्तर्राष्ट्रियस्तरमा नेपाली पहिचानलाई उजागर गरेको आयोजकले जनाएको छ ।
परिवर्तन इभेन्ट हाउसले यसअघि पनि दुईपटक ‘वल्र्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराइसकेको छ । दुवै संस्करणमा नेपाली बालबालिकाले विश्व उपाधि जित्न सफल भएका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच