काठमाडौं । आइआइएफटीः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनद्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस’ सिजन-१२ मा चारजना फेसन डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना सहभागी रहेको प्रतियोगितामा ‘डेनिम फिचर’ तर्फ रेजिना श्रेष्ठ, ‘ग्ल्याम इन प्याच’ तर्फ प्रतीक गुरुङ, ‘एक्जोटिक फौना’ तर्फ इमायुङ राई र ‘इकोज अफ टाइम’ तर्फ युयान वाङ (सेलिना शाही) विजेता बन्नुभएको हो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार सम्पन्न प्रतियोगितामा सामाजिक सञ्जालको मतका आधारमा निलम दास, आयुषा श्रेष्ठ र प्रमिला श्रेष्ठले विभिन्न अवार्ड प्राप्त गर्नुभयो । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच