काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले विशेष महाधिवेशन बनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पु¥याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहो¥याउने प्रपञ्च रचिएको जिकिर समेत गर्नुभयो । उहाँले काँग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताउनु भयो । अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाँति राखेर एकतावद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘विशेष महाधिवेशन किन भनेको ? नेपाली काँग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ? ४, ५ वर्ष कार्यकाल सकिएर महाधिेशनको मिति तोकिएको थियो । कसले बोलाउने भन्ने पनि त थिति होला नि । बैठक कसले बोलाउछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि । बहुमत, अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि । कसैले सडकमा बहुमत पु¥याए भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन ? डेमोक्रेसीलाई अराजकतातर्फ, समाजलाई अराजकतातर्फ लैजान खोजियो । त्यसरकारण न्याय निरुपण गर्ने संस्थाहरु । यो डेमोक्रेसीसँग सम्बन्धित विषय हो, कानूनी राजसँग सम्बन्धित विषय हो । त्यसकारण म भनिराखेको छु । नेपाली काँग्रेस विभाजनकोस्थितिमा पुग्नु दुखद कुरा हो नेपालको डेमोक्रेसीका लागि । नेपाली काँग्रेसका नेताहरु जानीबुझी यो सब काम किन गरिरहेका छन ? म आश्चर्य चकित भएको छु । हामी चिन्तित छौ नेपाली काँग्रेस यस्तो बेलामा जतिबेला डेमोक्रेसी कुल्चिएको छ, मिचिएको छ । प्रणाली घायल बनाइएको छ । संविधान मिचिएको छ । यस्तो बेलामा यसका निम्ति लडनुपर्ने नेपाली काँग्रेस अनावश्यक आपसी लडाई गरेर पार्टी फुटने, फुटाउने स्थितिमा पुगेको छ । नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुलाई चिन्ता हुनुपर्ने विषय होइन यो ? कसले गराउँदै छ यी काम । किन हुँदैछन् यस्ता कुरा । म एमालेका साथीहरुलाई भन्न चाहन्छु कुनै सानातिना असन्तुष्टि मनमा छन् भने छोडिदिनुस् । अहिलेअसन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँडने बेला होइन, अहिले देशका लागि लडने बेला हो । डेमोक्रेसीका लागि लडने बेला हो । यतिबेला हामीले सानातिना कुरा मनराखेर चित्त बुखाएर असन्तुष्ट भएर होइन, दिल खोलेर हामी देशका लागि लडने, जनताका लागि लडने, लोकतन्त्रका लागि लडने, शान्ति, सुशासन र विकासका लागि लडने पार्टी सबै कुरा छोडेर यसका निम्ति लडदछौ । अहिले शान्ति, संविधान लोकतन्त्रका लागि लडौं ।’
अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरुले एकतावद्ध भएर लडनुपर्ने अवस्था आएको बताउनु भयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच